नेपाली सेनाले सात वर्षअघि गरेको थियो एसपिपीमा सहभागी हुन अमेरिकालाई अनुरोध

नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी अमेरिकासँग नगरेको जानकारी दिएकै भोलिपल्ट बिहीबार सार्वजनिक एक पत्रमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनुमतिअनुसार उक्त प्रोग्राममा सहभागी हुन अनुरोध गरेको खुलेको छ। सेनाले लेखेको पत्रमा सरकारबाट अनुमति पाएअनुसार नेसनल गार्डको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन पत्र पठाएको उल्लेख छ।

तत्कालीन प्रधान सेनापति क्षेत्रीले अमेरिकी राजदूत अलाइनना बी टेप्लिजलाई नेशनल गार्डको पार्टनरसिप प्रोग्राममा सहभागी हुन आग्रह गर्दै २७ अक्टोबर २०१५ मा पठाएको पत्र अहिले आएर सार्वजनिक भएको हो।  सविधान जारी भएको पाँच हप्तापछि सरकारको अनुमतिमा सेनाले उक्त पत्र पठाएको हो।