बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको सुनकोशी गाउँपालिकाको अध्यक्षमा हालका वडा अध्यक्ष कृष्णप्रसाद दाहाल(सन्तोष) नै उपयुक्त भएको माओवादी केन्द्रका एक नेताले बताएका छन ।
पालिकामा अहिले माओवादी केन्द्रबाट विशेष गरी तीन जनाको नाम चर्चामा रहेको भएपनि ती तीन मध्ये दाहाल नै उपयुक्त र जनताले खोजेको मान्छे भएको ती नेताले बताएका छन । दाहालले अन्य उमेदवारको तुलनामा विकास प्रेमी र जनप्रमि नेता भएकाले दाहाललाई नै एक मात्र उमेदवार बनाउनु पर्ने नाम नवताउने सर्तमा ती नेताले बताए ।
माओवादीले अन्य उमेदवार उठाएमा निर्वाचनलाई आफ्नो पक्षमा पार्नको लागी निकै कठिन हुने भन्दै उनले यस पटक हाल गाउँपालिकाको प्रवत्ता समेत रहेका सन्तोषलाई नै विना विवाद उमेदवार बनाउनु पर्ने ती नेताको भनाई छन ।
उनले नेतृत्व गरेको वडा र अन्य वडाको तुलना गर्दा पनि उनमा विकास गर्ने भिजन र लगाब दुवै देखिन्छ, उनले भने । यदी सन्तोषको विकल्प खोज्न थालियोे भने वा अरुलाई उमेदवार बनाएमा माओवादी केन्द्रको हाल निश्चित छ,ती नेताले दावि गरे । अहिले केही पुरानै र केही अन्य पाटीबाट आएकाहरुको पनि उमेदवार बन्ने चर्चा सुनिन्छि यदी त्यस्तो भयो भने त्यो माओवादी केन्द्रका लागी अभिसाव वा गलत निर्णय पनि हुन सक्छ, ती नेताले भने ।
अहिले पनि वडा कमिटिले पालिका अध्यक्षमा नाम सिफारिस गर्दा दाहालको नाम नै एक नम्वरमा आउने पनि ती नेताले बताए । यदी यो पटक सन्तोषलाई उमेदवार नबनाउने हो भने , माओवादी केन्द्रको जीत कठिन छ, उनले भने ।