नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ।
त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६२ जना निको भएका छन्। हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
तीमध्ये होम आइसोलेसनमा ४ हजार ४ सय २४ र संस्थागत आइसोलेसनमा १ सय ४३ जना रहेका छन्। त्यसैगरी आइसियुमा ३३ र भेन्टिलेटरमा ५ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।











