टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको हो । अर्जेन्टिनालाई दबाबमा राख्न सफल भएको कोलम्बिया पेनाल्टीमा भने चुक्यो ।
सातौँ मिनेटमा मेस्सीको पासमा लाउतारो मार्तिनेजले सुन्दर गोल गरि अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा लुइस डिआजले कोलम्बियाका लागि बराबरी गोल गरे ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
मेस्सीका लागि अबको फाइनल राष्ट्रिय टिमबाट उपाधि जित्ने मौकाका रुपमा हेरिएको छ । पेरुलाई पराजित गरेर फाइनल पुगेको ब्राजिलसँगको भिडन्त अति रोमाञ्चक हुने अपेक्षा छ ।












