र्वमाओवादी केन्द्रका नेताहरूले नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुग्नुभएको छ । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र खारेजीको माग गर्दै आयोग पुग्नुहुने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी हुनुहुन्छ । बुढाथोकी भने अधिवक्ता हुनुहुन्छ । उहाँहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिनुभएको हो ।
यसअघि एमालेमा रहनुभएको पूर्व माओवादी नेताहरु रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले रिट दिने तयारी गर्नुभएको थियो । गर्नुभएको हो । ५ वर्षमा पार्टीको महाधिवेशन हुनुपर्ने भएपनि हुन सकेको छैन, त्यसैले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गरेको भन्दै माओवादी केन्द्र वैधानिक र केन्द्रको कमिटी पनि अवैधानिक रहेको एक नेताले बताउनुभयो ।
यसअघि माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा भएको थियो। त्यसयता महाधिवेशन हुन सकेको छैन। २०७५ जेठ ३ गते एमाले र माओवादी एकता भएको थियो। एमाले र माओवादी एकता भएर गठन भएको नेकपालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। नेकपाको एकता खारेज भएपछि थापा, भट्टलगायतका नेताहरु केही समय पहिले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको छ ।











