अन्तर्राष्ट्रिय फुटबलमा लगातार ११ औँ जित हात पार्दै इटाली जारी युरो कप फुटबलको नकआउट चरण पुगेको छ। समूह ‘ए’अन्तर्गत आफ्नो अन्तिम खेलमा इटालीले आइतबार राती वेल्सलाई १-० गोलले हरायो। इटालीका माटेओ पेसिनाले ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। वेल्स ५५ औँ मिनेटपछि १० खेलाडीमा सिमित भएपनि इटालीले गोल थप्न सकेन।
दोस्रो हाफको मध्यतिर वेल्सका कप्तान गारेथ बेलले गोल गर्ने मौका खेर फालेका थिए। इटाली ३ खेलबाट ९ अंक जोडेर समूह विजेता बन्यो। ४ अंक भएको वेल्स उपविजेता बन्यो। वेल्ससँग समान अंक भएपनि गोलअन्तरमा पछाडि रहेर स्वीट्जरल्यान्ड तेस्रो भयो। आइतबारको अर्को खेलमा स्वीट्जरल्यान्डले टर्कीलाई ३-१ गोलले हरायो। स्वीट्जरल्यान्डका लागि जद्रान साकिरीले दुई गोल गरेका थिए।
इटाली तीन वर्षयता शानदार लयमा छ। उसले ३० खेलयता हार ब्यहोरेको छ। पछिल्ला लगातार ११ खेल जितेको मात्र छैन, यी खेलमा एक गोल पनि ब्यहोरेको छैन। जारी प्रतियोगितामा इटालीले पहिलो खेलमा टर्कीलाई ३-० र दोस्रो खेलमा स्वीट्जरल्यान्डलाई ३-० गोलले हराएको थियो।