भारतमा नयाँ काेराेना संक्रमित भेटिने क्रम घट्दै गएकाे छ।
पछिल्लाे २४ घण्टामा १ लाख २० हजार ५ सय २९ नयाँ संक्रमित फेला परेका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा ३ हजार ३ सय ८० जनाले ज्यान गुमाएका छन् भने १ लाख ९७ हजार ८ सय ९४ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म भारतमा २ कराेड ८६ लाख ९४ हजार ८ सय ७९ जनामा काेराेना संक्रमण भएकाे छ भने त्यसमध्ये २ कराेड ६७ लाख ९५ हजार ५ सय ४९ जना संक्रमणमुक्त भैसकेका छन्।
अहिलेसम्म संक्रमित भएका मध्ये ३ लाख ४४ हजार ८२ जनाकाे भने मृत्यु भएकाे छ।
भारतमा अहिलेसम्म २२ कराेड ७८ लाख ६० हजार भन्दा धेरैलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइएकाे छ।











