प्रधानमन्त्री रोजगार कार्यत्रमले विकासमा प्रभाव नपरेको भन्दै समाचार आइरहेका बेला सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ३ मा प्रभावकारी काम भएको विवरण वाहिर आएको छ ।
प्रम रोजगार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको गुठबजार गणेश चौतारी ओरालो बाटोले त्यस क्षेत्रको मुहारनैं फेरिएको स्थानीय मनिराम आचार्यले जानकारी दिए । उनका अनुसार स्थानीय श्रमिक मजदुरले निर्माणगर्दै आएको सो बाटोको अनुगमनका क्रममा गुणस्तरीय काम भएको छ ।
कोरोना महामारीका बीच स्वास्थ्यका मापदण्डलाई पालनागर्दै गरिएको अनुगमन गरिएको थियो ।

