अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प फेसबुक र इन्स्टाग्रामबाट दुई वर्षका लागि प्रतिबन्धित

फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ ।

गएको जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा उनीमाथि प्रतिबन्ध लागेको थियो ।

गएको महिना फेसबुकको ओभरसाइट बोर्डले अनिश्चितकालीन कारवाहीको विरोध गरेको थियो ।

फेसबुकले गरेको निर्णय गएको वर्ष भएको चुनावमा मतदान गर्ने आफ्ना दशौँलाख मतदाताको अपमान रहेको बताएका छन् ।

ट्रम्पमाथि लागेको दुई वर्षको प्रतिबन्ध गएको जनवरी ७ देखि नै गणना हुने गरि लागु भएको फेसबुकले जनाएको छ ।