नेपाल गुटको स्थायी कमिटि बैठक बस्दै

नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल गुटको स्थायी कमिटि बैठक शनिबार बस्दैछ ।

दिउँसो १ बजेका लागि भर्च्युअल बैठक बस्ने युवराज ज्ञवालीले जानकारी दिएका छन् ।

नेपाल गुटको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार बसेको थियो । सो बैठकले निकालेको निष्कर्षलाई स्थायी कमिटि बैठक मार्फत अन्तिम रुप दिने तयारी छ ।

निष्काशित गुटको बैठक गर्दै गर्दा अध्यक्ष केपी शर्मा ओली पक्षले भने बैठक अवैध रहेको जनाएको थियो ।