ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा हुन सफल भएको छ ।
प्रिमियर लिगमा उक्लिनका लागि भएको च्याम्पियनसिप प्लेअफ फाइनलमा शनिबारराति स्वान्सी सिटीलाई २–० ले पराजित गरेर ब्रेन्टफोर्डले शीर्ष लिगमा स्थान पक्का गरेको हो ।
ब्रेन्टफोर्डका जितका लागि १० औँ मिनेटमा टोनीले पेनाल्टी मार्फत गोल गरे । यस्तै २० औँ मिनेटमा मार्कोन्डेसले गोल गरे ।
६५ औँ मिनेटमा फुल्टन सीधै रातो काडै पाएर मैदानबाट बाहिरिएपछि स्वान्सी सिटी १० खेलाडीमा सीमित भएको थियो ।
सन् १९४६–४७ को सिजनपछि ब्रेन्टफोर्डले आउँदो सिजन पहिलोपटक शीर्ष लिग खेल्ने भएको छ ।