शनिबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने जानकारी दिइएको छ। बजेटबारे निर्णय गर्न शनिवार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ।










