तनाब बढ्ने र मुलुकमा गणतन्त्र स्थापना भएको १४ वर्ष पुरा भएको छ । जनआन्दोलन २०६२ र० ६३ कोजगमा राजनीतिक दलहरूले निर्माण गरेको अन्तरिम संविधान ०६३ संशोधन गरी संविधानसभाको चुनाव अगावै २०६४ पुस १३ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने प्रावधान राखिएको थियो । ०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपालमा गणतन्त्र स्थापना भएको हो । दोस्रो जनआन्दोलनलाई प्रस्थानबिन्दु मान्दा गणतन्त्रको समय १६ वर्ष र कार्यान्वयनको चरणबाट हेर्दा १४ वर्ष पुरा भएको छ । राजतन्त्र समाप्त भएर गणतन्त्र आएसँगै मुलुकमा जनताको छोरो रामवरण यादव र जनताकै छोरी विद्यादेवी भण्डारी राष्ट्रपति बनिसकेका छन् तर आम जनताका दुःख र दुर्दिन भने हराएन बरु निरन्तर बदिरहेको छ ।
महामारीबाट उत्पन्न रोग, शोक र भोकको चपेटामा पिल्सिइरहेका नेपाली जनताका लागि ‘गणतन्त्र कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै भएको छ । पद प्रतिष्ठा र पैसाका लागि सत्ता प्राप्ती गर्न होस् वा जोगाउन जे पनि गर्न तयार नेपाली राजनीतिबाट उत्पन्न अर्को राजनीतिक महामारीले गणतन्त्रमाथि नंै ग्रहण लगाएको छ । १४औं गणतन्त्र दिवसको उल्लासमा रमाउनुपर्ने आजको दिन आम जनमानस स्वास्थ्य संकटले उत्पन्न भयावह अवस्थासँगै असफल बनेको नेपाली राजनीतिका नायकहरु प्रतिको विश्वास र विकृत बन्दै गएको राजनीतिप्रति भरोसा हराएको अवस्थालाई टुलुटुलु हेर्न बाध्य बनिरहेकाछन् । कोरोना भाइरसको दोस्रो लहरबाट उत्पन्न महासंकट, अस्थिरता तर्फ अग्रसर राजनीति र निराशाजनक परिस्थितिले गणतन्त्र दिवसकै खिल्ली उडाइरहेको मात्रै छैन, जनतामा तीब्र आक्रोस बितृष्णा पैदा गराईरहेको छ । यस्तो अबस्थामा हामी सबैले एकै साथ भन्नै पर्ने भएको छः राजनीति पेशा व्यवहासाय होइन, यो बिसुद्ध समाज सेवा हो, त्यसैले गणतन्त्र दिवशको यस महान दिनमा राजनीतिलाई व्यवसाय बनाउनेहरुमाथि अनुसन्धानगरी कारबाहीको दायरामा ल्याउनु पर्छ र त्यो अबैध सम्पतिलाई राष्ट्रियकरण गरिनुपर्छ । तब मात्रै गणतन्त्रले सार्थकता पाउने छ ।










