कोरोना खोपको पहल गर्न आग्रह गर्दै राष्ट्रपतिद्वारा बाइडेनलाई पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै अमेरिकी समकक्षी जोइ बाइडेनलाई पत्राचार गरेकी छन् ।

नेपाली राजदूत युवराज खतिवडाले राष्ट्रपतिको पत्र अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन्।

राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए।

अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जवाफ दिएको दूतावासले जनाएको छ।