भारतको पश्चिम बंगाल सरकारले राज्यमा लकडाउन गर्ने भएपछि पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने भएको छ।
काँकरभिट्टा नाका १५ दिनका लागि बन्द हुने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कोरोना संक्रमण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले राज्यमा लकडाउन गर्ने जनाएसँगै उक्त नाका बन्द हुने भएको हो।
पूर्ण रुपमा नाका बन्द भएका बेला मानिसहरूको आवतजावत बन्द गरिने भारतीय पक्षले नेपाली पक्षलाई जनाउ दिइसकेको छ।
उक्त नाका जेठ १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जानकारी पठाएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए।
बन्द रहने अवधिमा औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधन आयात आउन पाउने छैनन्।











