शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ।
यीमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाका दुई जना (२ पुरुष, २७ र ६३ वर्षीय) लाई कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि १६ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना निको भएर घर फर्किसकेका छन्।
नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भेटिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
उदयपुरका संक्रमितहरुको बिबरण
२१ बर्षिय अनम ज़ैदी दिल्ली, ४० वर्षिय मौ. सनउल्ला नई दिल्ली, ३१ बर्षिय मौ. रिजवान दिल्ली, २२ बर्षिय सनमानखान उत्तर दिल्ली, २८ बर्षिय राशिक राउंड दिल्ली, २५ बर्षिय मोहामिन्स साउथ दिल्ली, २१ बर्षिय मौ. आसिफ उत्तर दिल्ली, २८ बर्षिय सुदेव अहमत बिजौर, २६ बर्षिय अहमत सइद, दक्षिण दिल्ली, २६ बर्षिय मौ. अबुबकर दिल्ली, २८ बर्षिय मौ. जावैद उतर प्रदेश र २५ बर्षिय आदिम अनवर जामियनगर रहेका छन ।