बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहित उच्चस्तरीय समितिको बैठक

लकडाउनको २५ औँ दिन जारी रहँदा काठमाडौँ तथा मुलुकका अन्य स्थानबाट मजदूरहरु अलपत्र अवस्थामा पैदलै गन्तव्यतर्फ लागिरहेका बेला प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहित उच्चस्तरीय समितिको बैठक बसिरहेको छ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले पनि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई अलपत्र परेकालाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउन निर्देशन दिएपछि सरकारसामु केही निर्णय गर्नैपर्ने बाध्यता आइपरेको छ।

सर्वोच्च अदालतले पनि अलपत्र परेकालाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन सरकारलाई शुक्रबार अन्तरिम आदेश दिएको छ ।