सिन्धुली: कमलामाई नगरपालिकाले आज नगरपालिका क्षेत्रमा विभिन्न देशबाट हालसम्म ९० जना नागरिकहरु आइपुगेको जनाएको छ । आज आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसवुक मार्फत नगरपालिकाको विभिन्न वडाहरुमा विदेशबाट आई बसेका नागरिकहरुको नामसहितको बिबरण सार्वजनिक गरेको हो । यस मध्ये छिमेकी भारतबाट मात्रै ८० जना नागरिकहरु कमलामाई नगरपालिकामा आएको पछिल्लो तथ्यांकले देखाएको छ ।
नगरपालिकाका अनुसार विदेशबाट सबैभन्दा बढी वडा नं. १४ मा १९ जना रहेका छन् । उनीहरु सबैजना भारतको विभिन्न राज्यबाट आएका हुन् । ती मध्ये अधिकांश भारतमा कोरोना संक्रमण देखीएपछि आइपुगेको बताइएको छ ।
त्यसैगरी वडा नैं १० मा १४ जना मानिसहरु कोरोना संक्रमणको महामारी प्रारंभ भएपछि आइपुगेको देखिएको छ । सो वडामा पनि सबै जना भारतबाट आएको देखिएको छ । वडा नंं ८ मा ११ जना, वडा नं. १ मा १३ जनासहित ९० जना रहेका छन् । (दिपा भण्डारी, कमलामाई फिचर सेवा)

कमलामाई नगरपालिका, सिन्धुली – Kamalamai Municipality Sindhuli· 1 hr ·
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागी यस नगरपालिकावाट संचालन गरिएको अभियान अन्तरगत मिति २०७६/११/१५ गते देखी मिति २०७७/०१/०५ गते सम्म वैदेशिक रोजगारवाट आएका व्यक्तिहरुको विवरण देहाय वमोजिम भएको व्याहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ ।10101 SharePradesh Khabar DainikLikeCommentShare
Comments

Write a comment…