मालवहाक सवारी साधान कपिलाकोट पुगेपछि खैलाबैला

मरिण गाउँपालिकाले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै पालिकाभित्र खाद्य सामाग्री यायात र निर्यातमा रोक लगाएको एक साता बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सवारी पास लिएर मालवहाक सवारी साधान कपिलाकोट पुगेपछि खैलाबैला मच्चिएको छ ।
तारा खाद्यान्न ढुवानी सप्लायर्सका सञ्चालक विजय थापा स्वयमले मालवाहक गाडीमा ठूलो परिमाणमा खाद्यान्न लिएर आएपछि कपिलाकोटमा खैलाबैला मच्चिएको हो ।
छापवजारमा पुग्नैलाग्दा स्थानीय युवाहरुले उक्त गाडीलाई रोक्न र अगाडि नचलाउन भनेपछि गाडिभित्र रहेका थापाले सिडिओ सापलले चलाउन अनुमति दिएको गाडी रोक्ने तिमिहरु को हौं, भन्दै स्थानीयसँग जाइलागेका थिए । त्यही क्रममा थापाले स्थानीयलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जारी गरेको सवारी पास देखाएका थिए । हाम्रो गाउँपालिकाले बाहिरबाट आउने सवारी साधनलाई प्रवेशमा रोक लगाउने निर्णय गरेका बेला सिन्धुलीबाट मालवहाक सवारी साधन पठाएर जोखिम बढाउने काम गरिदिए, एक स्थानीयले टेलिफोनमा भने ।
यता उक्त मालवहाक गाडीलाई इलाका प्रहरी कार्यालयले रोकेर चेक जाँच गर्ने क्रममा जिल्ला प्रशासनको सवारी सञ्चालन अनुमतिपत्र देखाएपछि उनीहरुले गाउँपालिकामा खबर गरेका थिए । जिल्ला प्रशासनको पासनैं लिएर आएपछि हाम्रो प्रयाशले मात्रै बन्द गराउन नसकिने रहेछ, कार्यालयका एक कर्मचारीले भने । समाचार स्रोतका अनुसार अहिले पनि बिभिन्न जिल्लाका नागरिकहरु मरिण क्षेत्रको बाटोहुँदै मकवानपुर प्रवेश गरिरहेको र त्यसरी अबैध रुपमा मानिसहरुलाई आफ्नो क्षेत्रबाट प्रवेशमा रोक लगाउने निर्णयलाई स्थानीय प्रशासनले उलंघन गरिरहेको बताइन्छ ।
बुझाईमा समस्या भयोः जिल्ला प्रशासन
जिल्ला प्रकासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले जिल्ला प्रवेशमा रोक लगाइएको विषयलाई केही स्थानीय निकायले गलत ढंगले बुझ्दा थप समस्या पैदा भएको बताए । उनका अनुसार बाहिरी जिल्लाबाट सिन्धुली जिल्लामा आउने खाद्यान्न तरकारी र फलफुल रोकिएको हो तर एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायमा ओसार पसारमा रोक लगाइएको भने होइन । खाद्यान्न ढुवानीका लागि केही व्यवसायीले पास लिएका र त्यसका निम्ती पासै आवश्यक नभएको र समन्वय गरेर मात्रै पनि तोकिएको स्थानमा जान सकिने न्यौपानेको भनाई रहेको थियो ।
न्यौपाने अगाडि भन्छन्ः अहिले स्थानीय प्रशासन भन्दा कडाई गर्ने क्रममा सर्वसाधारणहरु अगाडि देदिएका छन् । काँही बाटो छेकिएको छ भने कतै हप्तामा २ दिनमात्रै पसल खोलाउने काम भएका छन् । यस्ता कामहरु सूचनामा भएको कमजोरीका कारणले भएका हन् ।