‘राजनीतिक नेतृत्वले प्रजातान्त्रिक चरित्रमा आफूलाई ढाल्न नसक्दा नेपाली जनताले प्रश्न उठाइरहे’

आज फागुन ७, नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रजातन्त्र प्राप्त भएको दिन । नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक अभ्यासको ढोका यसै दिन खुलेको थियो । आजको पुस्ताले उपभोग गरेको लोकतन्त्र र नागरिक स्वतन्त्रताको बिजारोपण भएको यस दिनलाई उल्लासपूर्ण तरिकाले स्मरण गर्दै समीक्षा आवश्यक छ ।

प्रजातान्त्रिक आन्दोलनको बलिदानी संघर्षमा होमिएको नेपाली समाज प्रजातान्त्रिक मूल्य, मान्यता र आचरणमा हिँड्नचाहिँ चुकेको जस्तो देखिन्छ । पटक – पटक प्रजातन्त्र प्राप्तिको लडाइँमा वीरतापूर्ण संघर्षको कथा लेखेको नेपाली राजनीतिक नेतृत्वले प्राप्तिपछि प्रजातान्त्रिक चरित्रमा आफूलाई ढाल्न नसक्दा यसको स्थायित्वमा नेपाली जनताले प्रश्न उठाइरहेका छन् ।

प्रजातन्त्र प्राप्तिपछिको राजनीतिक व्यवस्थापन गर्न नसक्दा यसको हरण र पुनः संघर्षबाट प्रजातन्त्र स्थापित हुँदै आएको छ । विविध कमजोरीले प्रजातन्त्रले स्थायित्व पाउन सकेको छैन । पुनः यो गुम्ने हो कि भन्ने चिन्ता रहेको छ । यस्को लागि सम्पूर्ण जनताहरु सदैब सचेत हुन जरुरी रहेको छ । प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुमा हार्दिक श्रद्धाञ्जली । सम्पूर्ण योद्धा प्रती सम्मान व्यक्त गर्दछु ।

खड्गवहादुर खत्री, नगरप्रमुख
कमलामाई नगरपालिका सिन्धुली