ओलीले लेखेः बालेन बाबु, तपाईंंलाई बधाई

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना दिएका छन् ।

झापा–५ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले निर्वाचित बालेनलाई बधाई दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा तबला उपहार दिएको तस्बिर राख्दै लेखेका छन्– बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना

रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका बालेनले ओलीलाई ४९ हजार ६ सय १४ मतको अन्तरले हराएका छन्। बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे।