विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौको कमलपोखरी निवासी शौरभ रिमालले सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । आज कमलामाई नगरपालिका ४ स्थित सिन्धुली विद्यालयमा पुगि विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन् ।

विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ थान , फुटबल ५ थान, ब्याटमिन्टन लगाएत तीन जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ । आफ्नो व्यक्तगत खर्चमा सामाग्री वितरण गरेको उनले बताए । लगभग २५ हजार लागतको सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो । -उर्मिला भट्टराई