प्रजातन्त्र दिवसको अवसरमा जग्गाधनी प्रमाण पुर्जा वितरण

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मालपोत कार्यालय सिन्धुलीले गाउँ ब्लकको जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।
कार्यालयमा आयोजित एक औपचारीक कार्यक्रम मार्फत गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्भित जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

सुनकोसी गाउँपालिका ७ निवासि ७६ बर्षिय शान्ता मायादेवी तामाङलाई मालपोत कार्यालय सिन्धुलीका प्रमुख निलराज पौडेलले जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरेर शुभारम्भ गर्नु भएको थियो ।

जग्गधनी प्रमाण पुर्जा कार्यक्रममा मालपोत कार्यालयका प्रमुख पौडेल, मालपोत कार्यालयका नायब सुब्बा पुरुषोत्तम दाहाल, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रतिनिधि गोविन्द कोइराला, मरिण गाउँपालिका ४ का वडा अध्यक्ष धनबहादुर स्याङतान, भूमी अधिकार मञ्च सिन्धुलीका अध्यक्ष टिकाबहादुर देवकोटा, नापी कार्यालय सिन्धुलीका प्रमुख सरोजबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

घ्याङलेख् गाउँपालिका २ मा रहेको ६ ‘क’ को कित्ता नं. ८३, सुनकोशी गाउँपालिका ७ को ३ ‘क’ को कित्ता नं. ५६, सुनकोसी ७ कै २ ‘क’ को कित्ता नं. ८७, तीनपाटन गाउँपालिका ८ मा रहेको ५ ‘ख’ को कित्ता नं ४०, मरिण गाउँपालिका ४ का ९‘थ’ को कित्ता नं. १७, ९‘ग’ को कित्ता नं. ६ र ९ ‘च’ को किक्ता नंं. ५ का जग्गाधनीलाई पूर्जा वितण गरिएको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद बडालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनकोशी गाउँपालिका ७ का २३, मरिण गाउँपालिका ४ का ८, तीनपाटन ८ का ४ जना जग्गा धनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।