नेपाल–प्रचण्ड समूहको आम हड्तालः मजदुर र विद्यार्थी लाई सास्ती

नेकपा (नेपाल–प्रचण्ड) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् ।

काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा जस्तो व्यस्त छैन ।

तर परीक्षा दिनु जानु पर्ने विद्यार्थी तथा मजदुरहरु भने काममा निस्केका छन् । उनीहरुलाई गाडी पर्याप्त रुपमा नचल्दा समस्या भएको छ ।

नेकपा (नेपाल–प्रचण्ड) ले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबार आम हड्ताल गरेको हो ।

हड्ताल गर्नेहरुलाई नियन्त्रणमा लिन तथा शहरको अवस्था सामान्य पार्नका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । तर पनि आंशिक रुपमा बन्दको प्रभाव परेको छ ।

No description available.
अत्याबश्यक काममा बाहिर निस्किएकाहरुलाई रोक्दै सिन्धुलीको शान्तिनगरचोकमा बन्द आव्हनकर्ताहरु । फोटोः बलबीर भुजेल, प्रदेशखबर