आदरणीय कमरेड गणेश कुमार पहाडीज्यू,
बहुदलीय ब्यबस्था शासकीय स्वारुप लोकतन्त्र, गणतन्त्र या कि धर्मनिरिपेक्ष यी सबै नेपाली जनता पाएका छन अब बाकी के का लागि पद पैसा ? पटक पटक हामी ले वा भनौ सिन्धुलीबासी यानिक अझौ निर्वाचन क्षेत्र न १ का हामी जनताले तपाईंले नेता बनायौ जनताको मनमनमा अझै पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई ।
तर आज देशमा अस्थिर राजनीतिक भईरहेको बेला हामि युवा हरुको प्रतिनिधित्व सिन्धुली क्षेत्र न १ बाट तपाईं ले गर्नुहुन्थ्यो समाजका हरेक गतिविधिमा तपाईंको सक्रियता राम्रो नै थियो र रहन्छ पनि पछिल्लो राजनीतिक घटना क्रममा अझौ भनौ कोरोनाले तहसनहस भएको बेला तपाईं आफै १८ औ सताब्दी तिर वा भनौ राजा भए जस्तो गरि वा राजा फाल्नको मिनित्त जसरी राको, लिएर बजारमा हिडेको देख्दा समग्र क्षेत्र न १ का जनताको भावना लाई अलि कति पनि तपाईं लाई चिसो भएको छैन होइन ?
तपाईंप्रति जुन आसा र अपेक्षा राख्ने म जस्ता मनुष्यले के नराखेर पनि के गर्नु विकल्प पनि थिएन ।आदरणीय नेता कमरेड यदि सक्नु हुन्छ भने तपाईं कै मुखबाट वा हातबाट राको फाल्नुस्र बन्द फिर्ता गरि जनताको माझमा तपाईंले माफी माग्नु पर्ने हो यो तस्बिरले तपाईं आफैलाई लाज लाग्नु पर्ने होला ?
अझै हामी ले तपाईं लाई नेता मानिरहेका छौ र भबिस्यमा पनि पक्कै मानिरहने बन्नु हुनेछ आसा छ मलाई तपाईंको राजनीतिक वा लाजनितिक कुन बन्ने तपाईंको हात मा छ आसा छ तपाईंको नेतृत्वमा बन्द हडताल नारा जुलुस भएको देख्ने छुईन तपाईं ले पक्कै पनि सिन्धुली को जनताको भावना बुझ्नु भएको छ भन्ने लाग्छ बाँकी सबै हजुरको मर्जी ।
रमेश भुजेल, गोलन्जोर ५ सिन्धुली