दुई गोलको अग्रता जोगाउन नसक्दा हार्‍यो बार्यन म्युनिख

सुरुमा लिएको २–० को अग्रता जोगाउन नसक्दा लिग लिडर बार्यन म्युनिख पराजित भएको छ।

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङ्गग्लाडवाचसँग् ३–२ ले पराजित गरेको हो ।

बार्यनका लागि २० औँ मिनेटमा रोबार्ट लेवान्डोस्की तथा २६ औँ मिनेटमा गोरेट्ज्काले गोल गरेका हुन् । बोरुसियाका लागि होफ्मानले ३५ र ४५ औँ मिनेटमा गोल गरे ।

यस्तै ४९ औँ मिनेटमा हेउहाउसले गोल गरे । पराजित भए पनि बार्यन १५ खेलबाट ३३ अंकसहित शीर्षस्थानमा छ।