लिभरपुलले जित्न सकेनन्, स्टार खेलाडी गोल गर्ने प्रयासमा असफल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

लिभरपुलका मोहम्मद सालहले गोल गर्ने दुई सून्दर मौका गुमाए । यस्तै साडिओ मानेको प्रहार न्यूक्यासलका सेन्टर ब्याक डिफेन्डर फाबियन स्कारले रोके ।

रोबर्टो फिरमिनाले पनि गोल गर्ने मौका बनाएका थिए, तर उनी सफल हुन सकेनन् । अन्तिम समयमा पनि उनले गोल गर्न प्रयास गरेका थिए, सफल भएनन् । गोलका प्रयासमै सीमित भएको खेलमा गोलरहित बराबरीमा रोकियो लिभरपुल ।

शीर्ष स्थानको लिभरपुलको १६ खेलबाट ३३ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट ३० अंक रहेको छ । १५ खेलबाट १९ अंकसहित न्युक्यासल युनाइटेड १४ औँ स्थानमा पुगेको छ ।