प्रधानमन्त्रीको कदम सार्वभौम सत्ता र स्वाधिनताको रक्षाका लागि: नेकपा उमा कोइराला

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्य उमा कोइरालाले प्रतिनिधि सभा विघटनगरी ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम देश र जनताका लागि अनिवार्य भएको बताउँदै स्वागत गर्नुभएको छ ।

मुलुक अप्ठेरोमा जान लागेको अबस्थामा संविधान अनुसार लोकतान्त्रिक विधिबाट जनतासामु ताजा जनादेश लिन प्रधानमन्त्रि केपि शर्मा ओलीको चालेको कदमले नेपाली सार्वभौम सत्ता र स्वाधिनताको रक्षाका लागि भएको बताउनुभयो ।

Image may contain: 2 people
नेकपा बाग्मती प्रदेश कमिटी सदस्य एवम् सांसद बिनोद खड्का सम्वोधनगर्दै ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कमलामाइ नगर संगठन कमिटी सिन्धुलीको भेला तथा बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै कोइरालाले मुलुकको बिकास र समवृद्धिको पक्षमा रास्ट्रको स्वाधीनताको सवलमा डटेर काम गर्ने ओली नेतृत्वको सरकारलाई घेराबन्दी गरी पार्टी र मुलुकलाई तहसनसह पार्ने काम पार्टी नेतृत्वबाटै गरिएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नु स्वाभाबिक रहेको बताउनुभयो ।

Image may contain: 3 people, including Manju Devkota, people sitting
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा कार्यक्रमलाई सम्वोधनगर्दै ।

उहाँले प्रधानमन्त्रीलाई अबिस्वासको प्रस्ताव दर्ता गर्ने र सम्माननिय रास्ट्रपति विरुद्ध महाभियोग लगाउने , निजि स्वार्थ र कुर्सीको लागि माधबकुमार नेपाल र पुष्पकमल दाहालले गरेकोे निन्दनीय कार्यको डटेर विरोधगर्दे पार्टी विखण्डन र फुटको पक्षका लाग्नेहरुलाई चोटिलो जवाफ दिन पार्टी कार्यकर्ताहरुलाई अपील गर्नुभयो ।

Image may contain: 2 people, including Mahendradev Shrestha, people sitting and indoor
कमलामाई नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ

यसैविच कमलामार्इ नगर क्षेत्र भित्रका नेता ,कार्यकर्ताहरुले बर्तमान परिस्थितिमा अध्यक्ष ओलीले नेतृत्व गरेको कम्युनिस्ट पार्टी (नेकपा) मुलुकको मुल प्रबाह भएको हुँदा बिकास, समृद्धि र मुलुकको स्वाधीनताको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गोलबन्द हुनको लागी सबैमा अपिल गर्ने निर्णय गरिएको नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।

Image may contain: 3 people, people sitting and people dancing
Image may contain: 6 people, people sitting

साथै बैठकले समाज बिकास ,र रुपान्तरणको लागि कमलामार्इ नगरपालिकाका जनप्रतिनिधिलाई दृढतापुर्बक मुलुक र जनताको हितलाइ सर्बोपरी हितमाराखी काम गर्नको लागि निर्देशन गर्ने निर्णय समेत गरेको छ ।

Image may contain: 4 people, including Manju Devkota, people sitting and indoor