नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनकोसी गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै नेकपाका केन्द्रीय सदस्य कमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई संकटपूर्ण अबस्थामा लैजाने चाहनेहरुको इच्छा र आकांक्षालाई संसद विधटन गरेर असफल बनाइदिएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा लैजानका लागि देशी विदेशी शक्तिले खेलिरहेको र त्यसलाई प्रचण्ड र माधव नेपालले साथ दिएकाले त्यसका बिरुद्ध आम पार्टी कार्यकर्ताहरुलाई सचेत र चनाखो बन्न आग्रह गर्नुभयो ।

अहिले विभिन्न कुराहरु गरेर नेपाली कम्युनिष्ट आन्दोलनकै समाप्तीमा प्रचण्डलगायतका नेताहरु लागिरहेकोले उनीहरुका चिप्ला कुरामा नलागी पार्टीलाई एक ढिक्का बनाउन र कम्युनिष्ट पार्टीका नाममा भएका गलत कामहरुको भण्डाफोर गर्न सबैमा अपीलसमेत गर्नुृभयो ।

कार्यक्रममा नेकपा बाग्मती प्रदेश कमिटी सदस्य कौशल कोइराला, रमेश कार्की, किसान महासंघ सिन्धुलकिा अध्यक्ष बद्री दाहाल, प्रेस संगठन नेपाल सिन्धुलीका अध्यक्ष बुद्धकुमार अच्छामी, लोकवहादुर थापा, बिनोद कोइराला, राजन रायमाझी, उद्धव कोइराला, लक्ष्मी तिमल्सिना लगायतका बक्ताहरुले हालको समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा ठूलो संख्यामा स्थानीय पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन खिलप्रसाद चौलागाईले गर्नुभएको थियो ।