प्रधानमन्त्रीलाई भेट्न चिनियाँ टोली बालुवाटार पुग्यो

राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।

आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौँ ओर्लिएको चिनियाँ टोलीले नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका उच्च नेताहरुसँग परामर्श गर्ने उच्च स्रोतले जानकारी दिएको छ।

यस अघि भेटघाटका क्रममा शितल निवास पुगेको थियो ।