भारतको राजधानी दिल्ली लगायत मुख्य शहरमा किसानहरुको आन्दोलन बढ्दै गएका बेला सत्तारुढ भारतीय जनता पार्टीका महासचिव विजय वर्गीयले आन्दोलनमा ९० प्रतिशत गैर किसानहरुको संलग्नता रहेको आरोप लगाएका छन् । ८ डिसेम्वरको देशव्यापी आम हड्तामा उत्रिएका किसानहरुको आन्दोलनमा १० प्रतिशत मात्रै संलग्नता रहेकाले उनीहरुले उठाएका मागहरुलाई पुरा गर्न आवश्यक नरहेको भन्दै विष बमन गरेको हिन्दुस्तान टाइम्सले समाचार प्रकाशन गरेको छ । देशमा कसले राजनीति गरिरहेका छन् ? उनले प्रश्न गरेका छन्, उनले बेलायत स्थित भारतीय दुतावास अगाडि प्रदर्शन गर्न किसानहरु पुगेका हुन् भन्दै कांग्रेसको उम्साहटमा नलाग्न किसानहरुलाई आग्रहसमेत गरेका थिए ।

भारतमा जारी किसान आन्दोलनलाई देश तथा विदेशबाट समर्थनको ओइरो लाग्न थालेको छ । त्यही कारणले पनि भाजपा महासचिव कैलाशले किसान आन्दोलन बिरोधी अभिव्यक्ति दिएको पनि सञ्चार माध्यमले जनाएका छन् ।