भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन्। यसैबीच किसानहरुले आगामी मंसिर २३ मा भारत बन्दको घोषणा गरेका छन्।
उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज दशौं दिन हो। वार्ताको अघिल्लो दिन उनीहरुले भारत बन्दसहितका आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन्। अब दिल्ली प्रवेश गर्ने थप सडकहरु समेत बन्द गर्ने आन्दोलनकारी किसानहरुले चेतावनी दिइसकेका छन् । जसको कारण प्रधानमन्त्री नरेन्द्रमोदीको टाउको दुख्न थालेको छ ।
किसानहरुको आन्दोलनप्रति व्श्विभरबाट समर्थन पनि बढ्दै गएको छ। क्यानडाका प्रधानमन्त्रीले किसान आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै तत्काल माग पुरा गर्न र दन गरिएका द्धिपक्षीय सम्बन्धमा असर पर्ने चेतावनी दिइसकेको छ । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिष्ट पार्टी सिपिआई लगायतले आन्दोलनप्रति समर्थन जनाइसकेका छन् । भारतीय आजादी आन्दोलनका नेता कन्हैया कुमारले विद्यार्थीहरुलाई किसान आन्दोलनका पक्षमा सडकमा आउन अपील गरिसकेकाछन् । आन्दोलनका क्रममा तीन जना किसानको मृत्यु भइसकेको छ भने भारतीय लेखक,सहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुले किसानहरुको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा पनि गरेका छन्।
पछिल्ला ९ दिनदेखि लाखौँको संख्यामा पञ्जाब, हरियाणासहित कैयौँ राज्यका किसानहरु दिल्लीको सीमामा पुगेर आन्दोलन चर्काएका छन्। किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा दिल्ली चलो आन्दोलन देशव्यापी बनाएका हुन्। भारतीय माओवादी आन्दोलनका नेता चारु मजुमदारले उठाएको किसान आन्दोलनलाई अहिले भारतीय किसानहरुले दिल्लीको द्धारसम्म लगेकाछन् । किसान मारा कानूनका विरुद्ध उठेको आन्दोलनलाई विश्वभरका किसानहरुले समर्थन र सहयोग गर्न जरुरी देखिएको छ । जारी आन्दोलनलाई किसान मुक्तिको आन्दोलनका रुपमा उठाइनु पर्छ । प्रदेशखबर डट.कम भारतीय किसान आन्दोलनप्रति ऐक्यद्धता जाहेर जाहेर गर्दछ ।