आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले र्यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरी एक गोल खाएको हो ।

आर्सनलका लागि एलेक्सान्डर लाकाजेटीले १० औँ मिनेट, पाब्लो मारीले १८ औँ तथा एड्डी एनकेटियाले ४४ औँ मिनेटमा गोल गरे । भिएनाका लागि मितागवाले ४७ औँ मिनेटमा एक गोल फर्काए ।
६६ औँ मिनेटमा स्मीथ रोवेले गोल गरेपछि आर्सनलको ४–१ को जित निश्चित भएको हो ।










