उपमेयरलाई जिउँदै जलाउने प्रयास

झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो ।

चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई जिउँदै जलाउने प्रयास भएको उनले बताइन् । ‘बीच सडकमा गाडी रोकेर उत्रन भने, म उत्रिन,’ उनले भनिन्, ‘पानीको बोतलमा पेट्रोल ल्याएका रहेछन् । मभित्र थिएँ । पेट्रोल छर्किएर सलाई कोर्दा कोर्दै उम्किएँ ।’

र्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर आगो लगाउने प्रयास भएको उनले बताइन् । ‘सरकारी गाडी जलाउने कार्यक्रम छ भन्दै पेट्रोल छर्किए,’ उनले भनिन्, ‘गाडी अगाडि एउटा मोटरसाइकलले बाटो छेकिएको थियो । जबरजस्ती उम्किएर प्रहरीलाई फोन गरेँ ।’

आफू सवार गाडीमा कसले किन आगजनी गर्न खोजिकए भन्नेबारे जानकारी नभएको बताइन् । आफू सवार गाडी अगाडि मोटरसाइकल रोकिएका कारण दुई जनालाई मात्र देखेको उनले बताइन् ।

उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । उपमेयरले दिएको हुलियाका आधारमा घटनामा संलग्नहरुको खोजी सुरु गरेको उनले बताए । ‘दुई जना सहभागी भएको जानकारी आएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं ।’