आर्सनल युरोपा लिगको नकआउट चरणमा

आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् ।

समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् ।

जितपछि चार खेलबाट १२ अंक बनाएको आर्सनलले अन्तिम ३२ मा स्थान बनाउने पक्का भएको छ ।