निर्माणाधिन मदन भण्डारी राजमार्गमा गुणस्तरहिन काम ! आयोजना प्रमुख अर्याल भन्छन्ः गलतकाम स्थानीय सरकारले रोक्नुपर्छ, हामी सक्तैनौं


मदन भण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक खण्डमा आज गरिएको अनुगमनपछि निर्माणको जिम्मेवारी लिएका ठेकेदारहरुले गुणस्तरहिन काम गरिरहेको तथ्य फेला परेको छ ।
कमलामाई नगरपालिका वडा नं. १ मा निर्माणकार्य जारी रहेको मदन भण्डारी राजमार्गमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको र निर्माण सम्पन्न भएका भनिएका स्थानका पिच सडक र वालहरु फुटेपछि कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको सक्रियता एवम् आयोजना प्रमुख चन्द्रप्रसाद अर्यालको उपस्थितिमा गरिएको अनुगमनका क्रममा राष्ट्रिय गौरवको आयोजनामा गुणस्तरहिन काम भएको देखिएको हो ।

No description available.


केही दिन अगाडि कमलामाई नगरपालिकाले अकस्मात सो राजमार्गको अनुगमन गर्दा माटो मिसिएको बालुका र ढुंगाको प्रयोग गरिनुकासाथै पर्खालहरु भत्किएका र चर्किएको अबस्थामा देखिएपछि आफ्नो क्षेत्रभित्रको निर्माण कार्य रोक्ने चेतावनी दिएको थियो । नगरप्रमुख खत्रीले आयोजना प्रमुख अर्याललाई फोनगरी राष्ट्रिय गौरवको आयोजनामा गुणस्तरहिन काम भएको र त्यसलाई तत्कालै करेक्सन नगर्ने हो भने हामी निर्माण कार्य रोक्छौं भनेको भोलिपल्ट अर्यालसहितको टोली कमलामाई वडा नं. १ को निर्माण स्थलमा आइपुगेको थियो ।

No description available.

आयोजना क्षेत्रको खट्टार उकालोमा लगाइएको फुटेको पर्खाल हेर्ने क्रममा लापरबाही पूर्ण काम भएको तथ्य फेला परेको हो । ठेकेदार पक्षले सो पर्खाल लगाउने क्रममा खाल्डो नखनी जमिन माथिबाटै ढुंगाको गाह्रो लगाएको देखिएपछि सो सडक खण्डमा निर्माणसम्पन्न भएको भनिएका क्षेत्रको काममासमेत प्रश्न उठेको छ ।

No description available.


खारखोलामा दुबै साइडमा ड्रेन नबनाई सडक कालोपत्रे थालेपछि आक्रोसित स्थानीयले निर्माण कार्य रोक्दै कमलामाई नगरपालिकालाई लागत स्टिमेट अनुसारको काम गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । स्थानीयको आग्रहपछि नगरप्रमुख र आयोजना कार्यालयका प्रमुखको संयुक्त अनुगमन टोलीले निर्माण कार्यमा संलग्न मजदुरलाई गुणस्तरहिन निर्माण सामाग्री प्रयोग नगर्न सुझाएका थिए । उनले नगरप्रमुख खत्रीलाई भनेका थिएः तपाईलाई कहाँ कहाँ नराम्रो काम भएको छ भन्ने लागेको छ, ती ठाउँमा भत्काईदिनुहोला ।

No description available.


गुणस्तरिय काम गराउने क्रममा फिल्डमा खटिएका इन्जिनियरहरुले २ पटक खुकुरी प्रहार गरिएको घटना उल्लेखगर्दै सुरक्षाको प्रत्याभूति दिलाउन पनि उनले नगरप्रमुख खत्रीसँग माग गरेका थिए
उनले भनेः काममा खटिएका इन्जिनियरहरुले डर धम्कीकै भरमा गलत कामलाई सही भन्दै लेखेर पठाउनुपर्ने अबस्था आइरहेको बताउँदै उनले कमलामाई नगरपालिकालाई २ जना प्राबिधिक सो क्षेत्रमा खटाईदिन आग्रह गरेका थिए ।