खेलाडीमा संक्रमण रहे–नरहेको परीक्षणपछि इटालियन सिरी ए फुटबल पुनः सुरु हुने

कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए सहितका फुटबल लिगहरुको पुनः सुरुवातका लागि मे को सुरुमा खेलाडीहरुको स्वाबको परीक्षण हुने अपेक्षा इटालियन फुटबल फेडेरेशनले गरेको छ ।

गएको मार्च ९ देखि इटालियन सिरी ए फुटबल कोरोना भाइरस महामारीका कारण रोकिएको छ । अझै पनि खेल कहिले पुनः सुरु हुनेछ भन्ने यकिन भएको छ । इटालियन सिरी ए मा झै १२ चरणका खेल हुन बाँकी छन् ।

फेडेरेशनका अध्यक्ष गाब्रिएल ग्राविनाले अवस्था सामान्य भए लगत्तै लिग पूरा गर्ने बताएका छन् । चाँडै बैठक हुने र लिग पुनः सुरु गर्नका लागि अपनाइने प्रक्रियाबारे निर्णय लिइने उनले जानकारी दिए ।

सबै खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको परीक्षण मे को सुरुमा हुने आश रहेको उनले बताए । त्यसपछि लिग सुरु गर्न सजिलो हुने उनले बताएका छन् ।