
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पाई निर्वाचनमा पराजय भएको स्वीकार गर्न पत्नी मेलानिया ट्रम्पले सुझाव दिएकी छिन ।
प्रथम महिला मेलानियाले ट्रम्पको आन्तरिक सल्लाहकार वृतमा भइरहेको छलफलमा यस्तो सुझाव दिएकी हुन । पारिवारिक सूत्रका आधारमा सिएनएनले जनाए अनुसार मेलानियाले हार स्विकार गर्ने समय आइपुगेको भनेकी छिन ।
तर मेलानियाले यसबारे कुनै सार्वजनिक टिप्पणी गरेकी छैनन। निजीगत रूपमा ट्रम्पलाई उनले यस्तो सुझाएको ती व्यक्तिले भने ।
ट्रम्पलाई आवश्यक परेका बेला मेलानियाले प्रायःजसो सुझाउ दिने गरी जस्तो यस्तो भनेकी हुन ।
विश्वभरबाट बाइडनले बधाइ प्राप्त गरेका कारण दबाब बढदै गएको छ । रिपब्लिकन पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले निर्वाचत भएका जो बाइडनलाई बधाइ दिएका छन ।
बुसले एक विज्ञप्ति निकालेर निर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाइ दिएका हुन ।
डेमोक्रेटिक पार्टीको तर्फबाट चुनाव जितेका बाइडनले सबै अमेरिकीहरूका लागि काम गर्नुहुने र आफूले ट्रम्प र ओबामालाई दिएजस्तो बधाइ बाइडनका लागि भएको जनाएका छन ।
ट्रम्पलाई पनि चुनाव अभियान सञ्चालन गरी ७ करोड अमेरिकीहरूको मत प्राप्त गरी असाधारण उपलब्धि प्राप्त गरेकोमा बुसले बधाइ दिएका हुन ।