नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई असन्तुष्ट समूहले केन्द्रीय सचिवालय बैठकका लागि दिएको अल्टिमेट सोमबार सकिँदैछ।
सोमबार दिउँसोसम्म प्रधामन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक डाकेनन् भने के गर्ने भन्नेबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतमले आन्तरिक छलफल गरिरहेका छन्।
उनीहरुले संयुक्तरुपमा शनिबार ओलीलाई केन्द्रीय सचिवालय बैठक राख्न अनुरोध गर्दृै लिखितपत्र बुझाएका थिए।
ओलीले पहिले प्रचण्डसँग एक्लै छलफल र समझदारी नगरी केन्द्रीय सचिवालय बैठक नडाक्ने अडान लिएका छन्।
तर असन्तुष्ट समूहले पार्टीमा उत्पन्न सबै विवाद समाधानका लागि बैठक नै एक मात्र विकल्प भएको भन्दै त्यसका लागि ओलीलाई दबाब दिएका छन्।
ओलीले पार्टी कमिटी निर्णयविपरीत दुई दिनअघि आफू प्रथम अध्यक्ष नै भएको सार्वजनिकरुपमै भनेपछि असन्तुष्ट समूह, खासगरी प्रचण्ड अझै रुष्ट भएका छन्।