पिएसजीका अध्यक्ष नासिर भ्रष्टाचार मुक्त

फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल–खलिफी भ्रष्टाचार आरोपबाट मुक्त भएका छन् ।

नासिरले भ्रष्टाचार अभियोगमा स्वीट्जरल्याण्डमा मुद्दा खेपिरहेका थिए । तर सुनुवाईपछि उनी आरोप मुक्त भएका हुन् ।

बीइन मिडिया ग्रुपका प्रमुख समेत रहेका नासिरमाथि विश्व फुटबलको प्रशासकिय निकाय फिफाका पूर्व महासचिव जेरोमी भाल्कीलाई सन् २०२६ र २०३० को विश्वकपको प्रशारण अधिकारका लागि उपहार दिएको अभियोग लागेको थियो ।

टेलिभिजन राइट सम्बन्धी कागजातमा घोटाला गरेको अभियोगमा भाल्की दोषी ठहर भएका छन् । उनलाई १२० दिनको निलम्बन सजाय दिइएको छ ।

यस्तै उनले फिफालाई १६ लाख ५० हजार युरो तिर्नु पर्ने भएको छ । तर कतारी व्यवसायी नासिर भने आरोप मुक्त भएका हुन् ।