बार्सिलोनामा बिवादपछि ६ बोर्ड सदस्यले दिए राजीनामा

बार्सिलोनाका अध्यक्ष जोसेप मासिया बार्तोमेउ । फोटोः एजेन्सी

एजेन्सी: क्लब व्यवस्थापनमा असन्तुष्टि जनाउँदै स्पेनिस ला लिगा क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिँदै अध्यक्ष जोसेप मासिया बार्तोमेउलाई क्लब व्यवस्थापनमा चित्त नबुझेको बताएका हुन् ।

कोरोना भाइरस महामारीका कारण क्लबलाई परेको आर्थिक समस्या समाधानका लागि अपनाइएको उपायप्रति उनीहरुले संयुक्त पत्र लेखेर असन्तोष व्यक्त गरेका छन् ।

यस्तै गएको फेब्रुअरीमा भएको स्क्याण्डलको ह्याण्डलिङ्गको पनि उनीहरुले आलोचना गरेका छन् । आफ्नै खेलाडीको सामाजिक सञ्जालमा आलोचना गर्नका लागि निजी फर्मको सहयोग लिएको अभियोग बार्सिलोनामाथि लागेको थियो, तर बार्सिलोनाले सो आरोप अस्वीकार गरेको थियो ।

क्लबका चार उपाध्यक्षमध्ये एमिली रोउसाउद र एन्ड्रिके तोम्बास तथा चार निर्देशकहरु सिल्भिओ एलिएस, जोसेप पोन्त, जोर्डी काल्सामिग्लिया र मारिया तेइसिडोरले राजीनामा दिएका हुन् ।