अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका छन् ।
वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो ।
पछिल्ला दिनहरुमा होपले चुनावी अभियानका क्रममा ट्रम्पसँग नजिक भएर काम गरेकी थिइन्।
ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।
मंगलबार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।
Donald J. Trump@realDonaldTrumpTonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!











