नेकपाले बोलायो पार्टीको सचिवालय बैठक

नेकपाको सचिवालय बैठक, वालुवाटार, फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ।

शुक्रबार बिहान पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा शनिबार सचिवालय बैठक डाक्ने सहमति भएको हो।

मन्त्रिपरिषद पुनर्गठनबारे दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन।

पछिल्लोपल्ट मुख्यसचिवसहित राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै दाहाल थप असन्तुष्ट बनेका छन्।

यी विविध विषयमा छलफल गर्न सचिवालय बैठक डाक्ने सहमति ओली–दाहालले गरेका हुन्।