रियल मड्रिडका खेलाडी ग्यारेथ बेल आफ्नो पुरानो क्लब टोटनह्यामको प्रशिक्षण मैदानमा आएका छन्।
क्लबमा पुनरागमनको सम्भावना बलियो भएपछि शुक्रबार उनी टोटनह्यामको मैदान पुगेका हुन् ।
३१ वर्षका बेल लोनमा रियल मड्रिडबाट टोटनह्याम आउने सम्भावना बढेको हो । दुई क्लबबिच बेलका सम्बन्धमा भएको वार्ताले सकारात्म रुप लिएको छ ।
बेल सन् २००७ मा साउथह्याम्पटनबाट टोटनह्याममा अनुबन्धित भएका थिए । उनी त्यो बेलाको विश्वकीर्तिमानी मूल्यमा सन् २०१३ मा रियल मड्रिड गएका थिए ।

बेलले रियल मड्रिडका लागि १०० भन्दा बढी गोल गरेका छन् भने उनले चारपटक च्याम्पिमयन्स लिगको उपाधि जितेका छन्।