विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, २ करोड २० लाखभन्दा बढी निको भए

विश्वभर हालसम्म ३ करोड ३ लाख ७३ हजार ७६१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।  कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार ९६५ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड २० लाख ५८ हजार ७९  पुगेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६८ लाख ७४ हजार ५९६ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख २ हजार २१३ छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५२ लाख १४ हजार ६७७ जना संक्रमित भएकोमा ८४ हजार ४०४ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४४ लाख ५७ हजार ४४३ जनामा संक्रमण भएकोमा १ लाख ३५ हजार ३१ भन्दा धेरैको ज्यान गएको छ।

रुसमा १० लाख ९१ हजार १८६ जना संक्रमित भएका छन् भने १९ हजार १९५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ६ लाख २५ हजार ६५१ संक्रमित भएकोमा ३० हजार ४०५ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ८१ हजार ६१४ संक्रमित भएकोमा ४१ हजार ७०५ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ७ लाख ५० हजार ९८ छ भने ३१ हजार १४६ जनाको मृत्यु भइसकेको छ।