यूएस ओपन ग्रान्डस्लाम जितेकी ओसकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

यूएस ओपन ग्रान्डस्लाम विजेता नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन्। विश्व नम्बर एक रहेकी ओसाकाले चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भएको बीबिसीले जनाएको छ। फ्रेन्च ओपन सेप्टेम्बर २७ तारिखदेखि सुरु हुँदै छ।

गत साता भएको यूएस ओपनको फाइनलमा २२ वर्षीय ओसकाले भिक्टोरिया अजारेन्कालाई हराएकी थिइन्। उनी महिला टेनिसको विश्व वरियतामा पहिलो नम्बरमा पुग्ने पहिलो एसियाली खेलाडी हुन्। जापानी ओसका तीन वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएकी छिन्।

उनले हालसम्म तीनपटक एकल ग्रान्डस्लाम जितेकी छिन्। उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अस्ट्रेलियन ओपन जितेकी थिइन्। वर्षको तेस्रो ग्रान्डस्लामका रुपमा फ्रेन्च ओपन रहेपनि यसपछि यूएस ओपनपछि यो प्रतियोगिता हुन लागेको हो। कोरोना भाइरसको महामारीका कारण वर्षको दोस्रो ग्रान्डस्लाम विम्बल्डन यसपटक आयोजना हुन सकेन।

अस्ट्रेलियन ओपन वर्षको पहिलो ग्रान्डस्लाम टेनिस हो। ओसाकाले ह्यामस्ट्रिङको समस्या उस्तै रहेकाले प्रतियोगिताका लागि तयारी गर्न नसक्ने बताएकी छिन्। फ्रेन्च ओपनमा यसपटक साविक विजेता एसलैघ बार्टीले पनि भाग लिने छैनन्।