जनकपुर आइपुग्यो नेपाली रेल

नेपाली रेल भारतबाट जनकपुरधाम आइपुगेको छ। नेपालको झण्डाको रंगमा रंगिएको रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो।

ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले रेलको स्वागत गरेका छन्।

तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्थासम्मको काम सम्पन्न भएको छ।

Image may contain: train and outdoor

जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ।

आज परीक्षणका लागि आइपुगेको रेल पुनः जयनगर फर्किने बताइएको छ।