डोमिनिक थिएम युएस ओपनको फाइनलमा, उपाधिका लागि स्वेरेभसँग प्रतिस्पर्धा

अस्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। उपाधिका लागि उनले आइतबार जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली समय अनुसार शनिबार बिहान भएको सेमिफाइनलमा रुसी खेलाडी डानिल मेडभेडेभलाई पराजित गरेर थिएमले फाइनलमा स्थान बनाएका हुन् ।

थिएमले मेडभेडेभलाई ६–२, ७–६ (९–७) र ७–६ (७–५) को सेटमा पराजित गरेका हुन्।

फाइनलमा पुगेका थिएम र स्वेरेभ दुवै पहिलोपटक ग्राण्ड सलामको एकल तर्फ उपाधिको खोजीमा छन्।

आइतबार विश्वले सन् १९९० को दशकमा जन्मिएको पहिलो पुरुष च्याम्पियन प्राप्त गर्ने छ ।