ग्याँस सिलिण्डर विष्फोटबाट एक घाइते

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते भएकी छिन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।

‘ग्यासका कारण बिहान ६ बजे भान्सा कोठामा विष्फोट भएको हुनसक्ने देखिएको छ ।’ घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।