
काठमाडौ । विश्व बैंकका पूर्व अध्यक्ष रोबर्ट जोएलिकले चीन र अमेरिका विवाद समाधान नभए र दुबैले मिलेर काम नगरे विश्व १९०० शताब्दीको शुरूमा पुग्ने चेतावनी दिएका छन ।
दुई देशको व्यापारिक युद्धले विश्व अर्थ व्यवस्थाका लागि गम्भीर खतरा बन्दै गएको उनले बीबीसीलाई जनाए । अमेरिकाका ६ राष्ट्रपतिहरूको सल्लाहकार भइ काम गरिसकेका जोएलिक अमेरिकाका बरिष्ठ सरकारी अधिकारीहरू मध्येका मानिन्छन ।
उनले भने “ विश्वको अर्थव्यवस्था, मन्दीबाट पार पाउने बाटो भनेको आपसी सहयोग मात्र हो ।अमेरिकाका उपविदेशमन्त्री समेत भइसकेका जोएलिकले अहिलेको सबै भन्दा ठूलो चिन्ता अमेरिका र चीनबीचको जारी तनाव हो ।”
यो खरतनाक स्थिति कुन ठाउँमा पुगेर समाप्त हुने त्यसबारे आफूलाई थाहा नभएको बताए ।
वैश्विकरणबाट पछाडि हटेर राष्ट्रवादी हितहरूलाई मात्र अगाडि बढाउन थाल्ने हो भने उनले भने “ विश्व फेरि १९००को अवस्थामा देखिन्छ जहाँ महाशक्ति देशहरू प्रतिस्पर्धा गरिरहेका हुन्छन”
विश्व आर्थिक संकटबाट रहेका बेला २००७ देखि २०१२सम्म विश्व बैंकका अध्यक्ष पदको जिम्मेवारी जोएलिकले सम्हालेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्वभरिका सरकारहरूसँग मिलेर वित्तीय मन्दीसँग जुध्न त्यतिखेर विश्व बैंकका अध्यक्षको रूपमा काम गरेका थिए ।
महामारीको हल निकाल्न अमेरिकाले चीनसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै जोएलिकले चीनलाई जिस्काएर नहुने बताए ।
रिपब्लिकन राष्ट्रपति बुस बाउ छोरासँग काम गरेका जोएलिकले राष्ट्रपति ट्रम्पका कारण आर्थिक समस्या बढेको उनको भनाइ छ ।
यसक्रममा उनले आफ्नो आउन लागेको नयाँ पुस्तक ‘ अमेरिका इन द वल्र्डः अ हिस्ट्री अफ युएस डिप्लोमेसी एन्ड फरेन पलिसी’का विषयमा पनि कुरो गरेका थिए ।











